बागमती प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य

मकवानपुर, १ जेठ । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम उहाँले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयका अनुसार, सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम यो निर्णय गरिएको हो।

बागमती प्रदेशसभाको यस हिउँदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते तथा २०८३ साल वैशाख ६ गते विभिन्न बैठकहरू सम्पन्न भएका थिए। चालू अधिवेशन अन्त्य भएसँगै अब आगामी बजेट अधिवेशनको तयारी सुरु हुने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *