आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिकः चालु आवको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान (पूर्ण विवरणसहित)

काठमाडौँ, १३ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपूर्व देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ चित्र झल्काउने ‘आर्थिक सर्वेक्षण २०८२/८३’ सार्वजनिक गरेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गरेका हुन्।

प्रतिनिधिसभामा प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले चालु आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान रहेको जानकारी दिए।

आर्थिक सर्वेक्षणअनुसार प्रदेशगत आर्थिक वृद्धिदरमा भने निकै असमानता देखिएको छ। बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक रहे पनि अन्य प्रदेशको अवस्था कमजोर देखिएको छ। अर्थमन्त्री वाग्लेका अनुसार बागमती र गण्डकी प्रदेशबाहेक अन्य बाँकी पाँचवटा प्रदेशको आर्थिक वृद्धिदर देशको औसत आर्थिक वृद्धिदर (३.८५ प्रतिशत) भन्दा कम हुनेछ।

हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्‌मा प्रस्तुत गर्नुअघि अर्थतन्त्रका समग्र सूचकहरू (मूल्यवृद्धि, रोजगारी, ऋण, व्यापार घाटा, आर्थिक वृद्धि आदि) को अवस्था जानकारी गराउन सरकारले आर्थिक सर्वेक्षण पेस गर्ने कानुनी व्यवस्था रहेको छ।

पूर्ण विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *