यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कतिमा काराेबार भयाे विदेशी मुद्रा?

काठमाडौँ, १४ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउ १५३ रुपैयाँ माथि कायम भएको छ।

आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ८१ पैसा र बिक्री दर १५३ रुपैयाँ ४१ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १७७ रुपैयाँ ८४ पैसा र बिक्री दर १७७ रुपैयाँ ५४ पैसा कायम भएको छ।

बेलायती पाउण्ड स्टर्लिङ: खरिद दर २०५ रुपैयाँ ३२ पैसा र बिक्री दर २०६ रुपैयाँ १२ पैसा।
अष्ट्रेलियन डलर: खरिद दर १०८ रुपैयाँ ९७ पैसा र बिक्री दर १०९ रुपैयाँ ४० पैसा।
क्यानेडियन डलर: खरिद दर ११० रुपैयाँ ४२ पैसा र बिक्री दर ११० रुपैयाँ ८६ पैसा।
सिङ्गापुर डलर: खरिद दर ११९ रुपैयाँ ६० पैसा र बिक्री दर १२० रुपैयाँ ०७ पैसा।
स्वीस फ्राङ्क: खरिद दर १९४ रुपैयाँ ३२ पैसा र बिक्री दर १९५ रुपैयाँ ०८ पैसा।

खाडी मुलुकको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ७२ पैसा र बिक्री दर ४० रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ९४ पैसा र बिक्री दर ४२ रुपैयाँ १० पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ६१ पैसा र बिक्री दर ४१ रुपैयाँ ७७ पैसा कायम भएको छ।

त्यस्तै, मलेसियन रिङ्गिट एकको खरिद दर ३८ रुपैयाँ ५४ पैसा र बिक्री दर ३८ रुपैयाँ ६९ पैसा रहेको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५९ पैसा र बिक्री दर ९ रुपैयाँ ६२ पैसा हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ५३ पैसा र बिक्री दर २२ रुपैयाँ ७२ पैसा तोकिएको छ। दक्षिण कोरियाली वन १०० को खरिद दर १० रुपैयाँ २० पैसा र बिक्री दर १० रुपैयाँ २४ पैसा रहेको छ।

नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *