डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि करमा १० प्रतिशत छुट
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक २०८३–८४ को बजेट भाषणमा डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिइने बताउनु भएको छ । हाल उपभोक्ताले मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर तिर्दै आएका छन्।