शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड, सडक र शहरी विकासमा २ खर्ब ८६ अर्ब

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक २०८३–८४ को बजेट भाषणमा सडक र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।