२१ खर्ब २४ अर्बको बजेटमा के-के समेटियाे, के-के छुटे (पूर्णपाठसहित)

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ। मङ्गलबार सङ्घीय संसद्को संयुक्त सदनमा बजेट भाषण गर्दै उहाँले राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्नुभएको हो।

सरकारले विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फको खर्च सबैभन्दा बढी छ। यस्तै, स्रोत व्यवस्थापनका लागि राजस्व र ऋणमा ठुलो भरोसा गरिएको छ। अर्थमन्त्री वाग्लेले उत्पादन वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई बजेटको मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। विशेष गरी कृषि, सूचना प्रविधि र पूर्वाधार विकासका क्षेत्रमा बजेटले विशेष सम्बोधन गरेको छ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने प्रावधान छ। पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्दै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न यो बजेटले कत्तिको मद्दत पुर्‍याउँछ भन्ने विषयमा अब आर्थिक वृत्तमा बहस सुरु भएको छ।
बजेटको पूर्णपाठ यस्ताे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *