पहाडमा पानी पर्दा तराईमा ‘लू’ को जोखिम, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, २० जेठ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा आज बादल लाग्नेछ भने तराईका केही क्षेत्रमा भने मौसम सफा रहनेछ ।

महाशाखाले आज दिउँसो पहाडी भेगका थोरै स्थानहरू र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । यद्यपि, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने आज पनि गर्मी बढ्ने र तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।