सुनचाँदीको मूल्यमा गिरावट, कतिले घट्यो आज ?

काठमाडौँ, २२ जेठ । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु. २ हजार १०० र चाँदीको मूल्य तोलामा रु. ५५ ले घटेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ दर अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३ लाख ९ हजार कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला रु. ३ लाख ११ हजार १०० मा कारोबार भएको थियो भने गत बुधबार सुनको मूल्य रु. ३ लाख ११ हजार ३०० रहेको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला रु. ५ हजार २३० निर्धारण गरिएको छ। बिहीबार चाँदी प्रतितोला रु. ५ हजार २८५ मा कारोबार भएको थियो भने बुधबार रु. ५ हजार ३७० मा खरिद–बिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारको तथ्याङ्क अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ४४३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।