करिब तीन साताको बिदापछि सर्वोच्च अदालत फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

काठमाडौँ, २५ जेठ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता लामो बिदापछि नियमित काममा फर्कनुभएको छ।

न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि न्यायाधीश मल्ल बिदामा बस्नुभएको थियो। लामो बिदापछि सर्वोच्च फर्किनुभएकी उहाँका लागि सोमबार दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ।

उहाँले सुरुमा एकल इजलासमा र त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरूको सुनुवाइ गर्नुहुने सर्वोच्च अदालतले जनाएको छ।