सुनको भाउ २ हजार रुपैयाँले वृद्धि, कति पुग्यो आजको मूल्य?

काठमाडौँ, २६ जेठ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सोमबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ। यससँगै आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दो क्रममा देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।