सुनको मूल्य एकै दिन ताेलामा ५ हजार र चाँदी १२० रुपैयाँले बढ्यो

काठमाडौँ, १ असार । सोमबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेको हो।

महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने गत शुक्रबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। आइतबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि ५ हजार १५ रुपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।