सुनचाँदीको मूल्यमा सामान्य वृद्धि: सुन तोलाकाे कतिमा भयाे काराेबार ?

काठमाडौँ, ७ असार । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज सामान्य बढेर प्रतितोला ४ हजार ६९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार १५५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।