विदेशी मुद्राको विनिमयदर यस्तो छ आज, डलर १५१ र पाउण्ड २०० रुपैयाँ माथि
काठमाडौँ, १० असार । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर र बेलायती पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ उच्च देखिएको छ।
आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ २८ पैसा र बिक्री दर १५१ रुपैयाँ ८८ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ ३९ पैसा र बिक्री दर १७३ रुपैयाँ ०७ पैसा तोकिएको छ।
युके पाउण्ड स्ट्रलिङको भाउ आज पनि २०० रुपैयाँ माथि रहेको छ। यसको खरिद दर १९९ रुपैयाँ ९४ पैसा र बिक्री दर २०० रुपैयाँ ७३ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १८६ रुपैयाँ ८५ पैसा र बिक्री दर १८७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर: खरिद १०५.०३, बिक्री १०५.४५, क्यानेडियन डलर: खरिद १०६.६४, बिक्री १०७.०७, सिङ्गापुर डलर: खरिद ११६.७६, बिक्री ११७.२३, जापानी येन (१०): खरिद ९.३७, बिक्री ९.४०, चिनियाँ युआन: खरिद २२.३०, बिक्री २२.३९ पैसा कायम गरिएको छ।
खाडी मुलुकतर्फ कतार रियाल एकको खरिद दर ४१ रुपैयाँ ५० पैसा र बिक्री दर ४१ रुपैयाँ ६७ पैसा पुगेको छ। साउदी रियाल एकको खरिद दर ४० रुपैयाँ ३० पैसा र बिक्री दर ४० रुपैयाँ ४६ पैसा रहेको छ। यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) दिराम एकको खरिद दर ४१ रुपैयाँ १९ पैसा र बिक्री दर ४१ रुपैयाँ ३५ पैसा कायम भएको छ।
मलेसियन रिङ्गेट एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहँदा कुवेती दिनारको भाउ सबैभन्दा महँगो अर्थात् बिक्री दर ४९३ रुपैयाँ ६८ पैसा पुगेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत राखिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।