आज पनि नेप्सेमा २ अंकको गिरावट
काठमाडौं, १२ असार । यो साता सेयर बजारले ओरालो यात्रा कामय राख्दै बन्द भएको छ । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ अंकले घटेर २६ सय ४९ दशमलव ५१ को बिन्दुमा बन्द भयो । त्यस्तै, आज कारोबारमा आएका ३५९ कम्पनीको ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यससँगै ७७ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, ट्रक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन्।
आज कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले १०.७६ प्रतिशतका दरले गुमाएका हुन्। सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका छन्।