प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित

काठमाडौँ, १४ असार । प्रतिनिधिसभाको आजको बैठकबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आश्रित ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गर्नुभएको उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

विधेयक पारित हुनुअघि सांसदहरू हरिप्रसाद भुसाल र सुशील खड्काले उक्त विधेयकमाथि दर्ता गराउनुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो। यसैगरी, सांसदहरू गङ्गालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले राख्नुभएको संशोधन प्रस्ताव भने संसद्को बहुमतले अस्वीकृत गरिदिएको थियो।

आर्थिक विधेयक पारित भएसँगै प्रतिनिधिसभामा बजेट आश्रित अर्को विधेयक ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल सुरु भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *