सुनको मूल्यमा सामान्य गिरावट: कतिमा भयाे नेपाली बजारमा काराेबार ?

काठमाडौँ, १७ असार । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज बुधबार सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले ओरालो लागेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मङ्गलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज सामान्य घटेर प्रतितोला ४ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो मङ्गलबार चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ९८६ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।