नेपाल राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल आह्वान

काठमाडौँ, २३ असार । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र खरिदका लागि बोलकबोल आह्वान गरेको छ। केन्द्रीय बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै ‘ऋणपत्र २०८४ ङ’ का लागि अनलाइनमार्फत बोलकबोल गर्न आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार यस ऋणपत्रको बोलकबोल प्रक्रियामा बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा सहभागी हुन चाहने संस्थाहरूले कबोल गर्न चाहेको कुल रकम र आफूले चाहेको ब्याजदर (दशमलवपछिको चार अङ्कसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

यस ऋणपत्र खरिदका लागि न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी (५ करोडको गुणाङ्कमा) कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *