डलरको भाउ १५२ रुपैयाँ माथि, यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्यमा वृद्धि देखिएको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ २८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६४ पैसा रहेको छ।
स्विस फ्रयाङ्क १ को खरिददर १८७ रुपैयाँ ९० पैसा र बिक्रीदर १८८ रुपैयाँ ६४ पैसा कायम हुँदा अष्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७१ पैसा पुगेको छ। त्यस्तै, क्यानेडियन डलरको बिक्रीदर १०७ रुपैयाँ १० पैसा र सिङ्गापुर डलरको ११७ रुपैयाँ ८४ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ।
खाडी मुलुकतर्फ साउदी रियाल १ को खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा कायम भएको छ। कतारी रियाल १ को बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा र युएई दिरामको ४१ रुपैयाँ ४६ पैसा रहेको छ। मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। यसैगरी, चिनियाँ युआन १ को बिक्रीदर २२ रुपैयाँ ४१ पैसा र साउथ कोरियन वन १०० को बिक्रीदर १० रुपैयाँ ०२ पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत राखिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।