तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी

काठमाडौँ, २४ असार । नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन तथा आन्तरिक ऋण परिचालन गर्ने उद्देश्यले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ‘ऋणपत्र २०८४ च’ को बोलकबोलका लागि आज औपचारिक आह्वान गरेको हो।

यस ऋणपत्रको बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। अन्य सर्वसाधारण वा गैर-वित्तीय संस्थाहरूका लागि यो बोलकबोल खुला गरिएको छैन।

राष्ट्र बैंकले न्यूनतम रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।