सुनचाँदीको मूल्य घट्ने क्रम जारी, सुन तोलामै २ हजार घट्यो
काठमाडौँ, २५ असार । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १६० रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि ठुलो गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ५०० रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार १६० रुपैयाँले घटेर ४ हजार ३४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य ओरालो लागेको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ५७ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।