सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा १ हजार २०० ले घट्यो
काठमाडौँ, ३० असार । स्थानीय बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको मूल्य पनि सामान्य सस्तिएको छ। सोमबार प्रतितोला ४ हजार ३७५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।