अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दु , कुवेती दिनार ५०० रुपैयाँ नाघ्यो
काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरसहित विश्वका प्रमुख मुद्राहरूको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। विशेष गरी अमेरिकी डलर र कुवेती दिनारले नयाँ उचाइ कायम गरेका छन्।
राष्ट्र बैंकले निर्धारण गरेको पछिल्लो विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम भएको छ। डलरको यो मूल्य हालसम्मकै उच्च विन्दुमध्येको एक हो।
यस्तै, युरोपेली साझा मुद्रा युरो १ को खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा पुगेको छ। स्विस फ्र्याङ्क १ को बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम हुँदा अष्ट्रेलियन डलरको १०७ रुपैयाँ २३ पैसा रहेको छ।
क्यानेडियन डलर १ को बिक्रीदर १०९ रुपैयाँ ५० पैसा तोकिँदा सिङ्गापुर डलरको ११९ रुपैयाँ ३२ पैसा कायम भएको छ। यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ युआन १ को बिक्रीदर २२ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका खाडी मुलुकको मुद्रा दर यस प्रकार रहेको छ:
कुवेती दिनार: १ को बिक्रीदर ५०१ रुपैयाँ १५ पैसा
बहराइन दिनार: १ को बिक्रीदर ४०९ रुपैयाँ ०४ पैसा।
ओमनी रियाल: १ को बिक्रीदर ४०० रुपैयाँ ५८ पैसा।
कतारी रियाल: १ को बिक्रीदर ४२ रुपैयाँ ३१ पैसा।
साउदी रियाल: १ को बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा।
युएई दिराम: १ को बिक्रीदर ४१ रुपैयाँ ९९ पैसा।
मलेसियन रिङ्गेट: १ को खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा।
नेपाली मुद्रासँग स्थिर विनिमय दर रहेको भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। नेपाल राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने प्रावधान रहेको छ।