सुन तोलामा एकैदिन ३ हजार १०० रूपैयाँले घट्याे, चाँदी पनि सस्तियाे
काठमाडौँ, १ साउन । स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि ठुलो गिरावट देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ३२५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।