यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले तोकेको दर अनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा तोकिएको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०७ रुपैयाँ १७ पैसा रहेको छ ।
अन्य प्रमुख मुद्राहरूको विनिमय दर यस प्रकार छ:
अष्ट्रेलियन डलर: खरिददर १०७ रुपैयाँ ९५ पैसा, बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा
क्यानेडियन डलर: खरिददर १०९ रुपैयाँ ३४ पैसा, बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा
जापानी येन (१०): खरिददर ९ रुपैयाँ ४५ पैसा, बिक्रीदर ९ रुपैयाँ ४८ पैसा
चिनियाँ युआन: खरिददर २२ रुपैयाँ ७१ पैसा, बिक्रीदर २२ रुपैयाँ ८० पैसा
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडी मुलुकका मुद्राको विनिमय दर निम्नानुसार छ:
साउदी रियाल: खरिददर ४० रुपैयाँ ९३ पैसा, बिक्रीदर ४१ रुपैयाँ ०९ पैसा
कतारी रियाल: खरिददर ४२ रुपैयाँ १६ पैसा, बिक्रीदर ४२ रुपैयाँ ३२ पैसा
युएई दिराम: खरिददर ४१ रुपैयाँ ८४ पैसा, बिक्रीदर ४२ रुपैयाँ ०० पैसा
कुवेती दिनार: खरिददर ४९९ रुपैयाँ ४५ पैसा, बिक्रीदर ५०१ रुपैयाँ ४० पैसा
मलेसियन रिङ्गेट: खरिददर ३७ रुपैयाँ ५८ पैसा, बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।