सुनको मूल्य एकैदिन पाँच हजार चारसय रूपैयाँले बढ्याे, चाँदी पनि महङ्गियाे

काठमाडौँ, ६ साउन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। हिजो मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु पाँच हजार ४०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९१ हजार तोकिएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ४८० निर्धारण गरिएको छ।

हिजो मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार ६०० र चाँदी प्रतितोला रु चार हजार ३७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढेको छ। आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *