विदेशी मुद्राको विनिमय दर यस्ताे छ आज, डलरको भाउ १५४ रुपैयाँ ८१ पैसा पुग्यो

काठमाडौँ, ९ साउन । नेपाल राष्ट्र बैङ्कले आज साउन ९ गतेका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलरको भाउमा सामान्य वृद्धि देखिएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा तोकिएको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा रहेको छ ।

विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुक र अन्य देशका मुद्राहरूको दर यस प्रकार छ:
कतारी रियाल: खरिद ४२ रुपैयाँ ३० पैसा, बिक्री ४२ रुपैयाँ ४६ पैसा
साउदी रियाल: खरिद ४१ रुपैयाँ ०८ पैसा, बिक्री ४१ रुपैयाँ २४ पैसा
युएई दिराम: खरिद ४१ रुपैयाँ ९९ पैसा, बिक्री ४२ रुपैयाँ १५ पैसा
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ ६९ पैसा, बिक्री ३७ रुपैयाँ ८४ पैसा
कुवेती दिनार: खरिद ५०१ रुपैयाँ ०१ पैसा, बिक्री ५०२ रुपैयाँ ९६ पैसा
बहराइन दिनार: खरिद ४०८ रुपैयाँ ९९ पैसा, बिक्री ४१० रुपैयाँ ५८ पैसा
अन्य मुद्राहरूमा
अष्ट्रेलियन डलर: खरिद १०७ रुपैयाँ ८२ पैसा, बिक्री १०८ रुपैयाँ २४ पैसा
जापानी येन (१०): खरिद ९ रुपैयाँ ४२ पैसा, बिक्री ९ रुपैयाँ ४६ पैसा
चिनियाँ युआन: खरिद २२ रुपैयाँ ७७ पैसा, बिक्री २२ रुपैयाँ ८६ पैसा
साउथ कोरियन वन (१००): खरिद १० रुपैयाँ ५४ पैसा, बिक्री १० रुपैयाँ ५९ पैसा
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ ।

राष्ट्र बैङ्कले यो दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैङ्कहरूले तोक्ने दर भने केही फरक हुन सक्ने जनाएको छ ।