सुनको मूल्य एकैदिन तोलामा ४ हजार ३०० ले घट्यो, चाँदी कतिले घट्यो ?

काठमाडौँ, १२ साउन । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घटेको हो ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ तोकेको छ । हिजो सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो ।