विदेशी मुद्राको विनिमय दर यस्ताे छ आज, अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा
काठमाडौँ, १४ साउन । नेपाल राष्ट्र बैङ्कले आज साउन १४ गतेका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले तोकेको दर अनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउमा केही गिरावट देखिएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा रहेको छ ।
विशेष गरी वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुकका मुद्राहरूको दर यस प्रकार छ:
कतारी रियाल: खरिद ४१ रुपैयाँ ९० पैसा, बिक्री ४२ रुपैयाँ ०६ पैसा
साउदी रियाल: खरिद ४० रुपैयाँ ६९ पैसा, बिक्री ४० रुपैयाँ ८४ पैसा
युएई दिराम: खरिद ४१ रुपैयाँ ५९ पैसा, बिक्री ४१ रुपैयाँ ७५ पैसा
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ ३५ पैसा, बिक्री ३७ रुपैयाँ ५० पैसा
कुवेती दिनार: खरिद ४९६ रुपैयाँ १५ पैसा, बिक्री ४९८ रुपैयाँ १० पैसा
बहराइन दिनार: खरिद ४०५ रुपैयाँ ०७ पैसा, बिक्री ४०६ रुपैयाँ ६६ पैसा
अन्य मुद्राहरूमा
अष्ट्रेलियन डलर: खरिद १०६ रुपैयाँ ०३ पैसा, बिक्री १०६ रुपैयाँ ४५ पैसा
क्यानेडियन डलर: खरिद १०८ रुपैयाँ २९ पैसा, बिक्री १०८ रुपैयाँ ७२ पैसा
जापानी येन (१०): खरिद ९ रुपैयाँ ३४ पैसा, बिक्री ९ रुपैयाँ ३७ पैसा
चिनियाँ युआन: खरिद २२ रुपैयाँ ५८ पैसा, बिक्री २२ रुपैयाँ ६६ पैसा
साउथ कोरियन वन (१००): खरिद १० रुपैयाँ ५३ पैसा, बिक्री १० रुपैयाँ ५७ पैसा
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ । राष्ट्र बैङ्कले यो दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने जनाएको छ ।