सिरहाको गोलबजारमा झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु, सेना परिचालन

सिरहा, १४ साउन । सिरहाको गोलबजारमा कर्फ्यु आदेशको उल्लङ्घन गर्दै दुई पक्षबीच भएको हिंसात्मक झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।

स्थिति नियन्त्रण बाहिर जान लागेपछि स्थानीय प्रशासनले सो क्षेत्रमा नेपाली सेना परिचालन गरेको छ। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार झडपका क्रममा गोली लागेर मृत्यु हुने व्यक्ति स्थानीय गणेश यादव हुनुहुन्छ। कर्फ्यु आदेशका बाबजुद दुई पक्षबीच ढुङ्गामुढा र तोडफोड बढेपछि गोलबजार क्षेत्रको स्थिति निकै तनावग्रस्त बनेको छ।

आगजनी र तोडफोडका घटनाहरू उग्र बन्दै गएपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त नेपाली सेनाको टोली परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *