विदेशी मुद्राको विनिमय दर यस्ताे छ : अमेरिकी डलर स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौँ, १८ साउन । नेपाल राष्ट्र बैंकले आज साउन १८ गतेका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको दर अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्यमा केही वृद्धि भएको छ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा रहेको छ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडी मुलुक र अन्य देशका मुद्राहरूको दर यस प्रकार छ:
कतारी रियाल: खरिद ४१ रुपैयाँ ८२ पैसा, बिक्री ४१ रुपैयाँ ९८ पैसा
साउदी रियाल: खरिद ४० रुपैयाँ ५६ पैसा, बिक्री ४० रुपैयाँ ७२ पैसा
युएई दिराम: खरिद ४१ रुपैयाँ ४७ पैसा, बिक्री ४१ रुपैयाँ ६३ पैसा
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ २७ पैसा, बिक्री ३७ रुपैयाँ ४२ पैसा
कुवेती दिनार: खरिद ४९५ रुपैयाँ ०३ पैसा, बिक्री ४९६ रुपैयाँ ९८ पैसा
बहराइन दिनार: खरिद ४०३ रुपैयाँ ९८ पैसा, बिक्री ४०५ रुपैयाँ ५७ पैसा

अन्य मुद्राहरू:
अष्ट्रेलियन डलर: खरिद १०६ रुपैयाँ ९७ पैसा, बिक्री १०७ रुपैयाँ ४० पैसा
जापानी येन (१०): खरिद ९ रुपैयाँ ६७ पैसा, बिक्री ९ रुपैयाँ ७० पैसा
चिनियाँ युआन: खरिद २२ रुपैयाँ ५६ पैसा, बिक्री २२ रुपैयाँ ६५ पैसा
साउथ कोरियन वन (१००): खरिद १० रुपैयाँ ५६ पैसा, बिक्री १० रुपैयाँ ६० पैसा

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ। राष्ट्र बैंकले यो दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *