गङ्गालाल अस्पताल नजिक बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।

आज बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलका २२ वर्षीय स्कुटर चालक समिर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा स्कुटरमा सवार सोही स्थानकी २१ वर्षीया आयुष्मा मगर पनि घाइते भएकी छिन् र उनको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *