राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि संसद्का दुवै सदनको अधिवेशन अन्त्य
काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार अर्थात् असोज १६ गते राति १२ः०० बजेदेखि लागू हुनेछ ।
