न्याय परिषद्को बैठक आज, रिक्त न्यायाधीश पदपूर्तिमा छलफल हुने

काठमाडौं, असोज १९ । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद्को बैठक बोलाएका छन्। मंगलबार दिउँसो एक बजे बस्ने उक्त बैठकमा सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदपूर्तिका लागि सिफारिसलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ।

हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *