भक्तपुरको प्लास्टिक दाना कारखानामा आगलागी, ४० लाखभन्दा बढी क्षति

भक्तपुर, १९ असोज । सूर्यविनायक नगरपालिका–८, जगातीको कम्पलिचोकस्थित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा लागेको आगो दमकल र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको हो।

जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलका अनुसार आगलागीबाट कारखानाका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा नष्ट भएका छन्। कारखानासँगै रहेको दिनेश मचामसीको घरमा पनि क्षति पुगेको छ। प्रहरीले आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाएको छ।

आगलागीको कारण खुल्न सकेको छैन। प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *