मोरङको सीमावर्ती क्षेत्रबाट बेवारिसे अवस्थामा २१० किलो गाँजा बरामद

विराटनगर, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ। सोमबार राति जहदा गाउँपालिका-१ नयाँ बस्ती नजिकैको धानबारीमा कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी, मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले यो गाँजा बरामद गरेको हो।

बरामद गाँजा बेवारिसे अवस्थामा रहेको र यसलाई कसले लुकाएर राखेको थियो भन्ने हालसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *