सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ८ हजार बढीले घट्यो
काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको तीव्र उतारचढावका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव पर्दा सुनको भाउ एकैदिन तोलामा ठूलो अंकले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको छ। यससँगै आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम गरिएको छ। जब कि, यसअघिको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटको असर स्थानीय बजारमा परेको महासंघले जनाएको छ। यसअघि गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड रहेको थियो।
चाँदीको मूल्यमा पनि गिरावटसुनसँगै आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा झरेको छ।
