राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा प्रदान
काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा (ग्वय दाँ तयगु) प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सो निमन्त्रणा प्रदान गर्नुभएको हो । सम्यक महादान यही माघ १ गते स्वयम्भूको भुइखेलमा हुनेछ । यस अवसरमा काठमाडौंमा रहेका बहाल बहिलहरुमा रहेका दिपंकर बुद्धहरुको प्रदर्शनी एवं महादान कार्यक्रम हुनेछ ।
कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधि र अन्य महानुभावहरुको पनि सहभागिता रहेको थियो ।
