सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो, चाँदी स्थिर

काठमाडौं, २० कात्तिक । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *