सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं, ९ मंसिर । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार ४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

सुनचाँदी दुवैको मूल्यमा आएको गिरावटसँगै आज नेपाली बजारमा बहुमूल्य धातुको कारोबार मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *