कांग्रेस सांसद सुनिल शर्मा निवासबाटै पक्राउ

काठमाडाैं, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा निवासबाटै पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई बिहीबार पक्राउ गरेको हो।

सांसद शर्मालाई किन र के कारण पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।