राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियो

काठमाडौँ, ५ भदौ । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।