चितवनमा डुबेर एक जनाको मृत्यु
चितवन, ७ असोज । चितवनको माडी नगरपालिकामा डुबेर एक जनाको मृत्यु भएकाे छ ।
भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाकाे बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको प्रहरीले जनाएकाे छ ।