चितवनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

चितवन, २५ साउन । चितवनको खैहरनीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ स्थित शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार बसको ठक्करबाट अन्दाजी ३५ वर्षीय एक युवकको ज्यान गएको छ । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।

प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।