सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

काठमाडौँ, २५ साउन । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

महासङ्घले तोकेको नयाँ दरभाउअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने उकालो लागेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६७० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३२२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६३ डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।