पेट्रोलियम पदार्थको मूल्य नबढाउन प्रधानमन्त्रीको निर्देशन, निगमले अघिल्लाे मूल्य कायम गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदार्थको मूल्य नबढाउन निर्देशन दिनुभएकाे छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेकाे मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले बढेको मुल्य फिर्ता लिइ पुरानो मूल्यसुची कायम गर्न निर्देशन दिनुभएकाे हाे ।

पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि निर्देशन दिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयाे ।

सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने उहाँले बताउनुभयाे ।

निगमकाे शनिबार बसेकाे सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएकाे थियाे ।