काभ्रेको नमोबुद्ध नगरपालिका  बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको घटनास्थलमै मृत्यु, १५ घाइते

काठमाडौँ, २९ जेठ । काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेका लागि गुडेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्।

दुर्घटनालगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले घाइते भएका १५ जना यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *