भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्म टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क
काठमाडाैं, १८ कात्तिक । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकुम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमएस सेवा निःशुल्क गराएको छ ।
सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस कल तथा एसएमएस सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
उक्त क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने टेलिकमले बताएको छ ।
गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन टेलिकमले यस्तो घोषणा गरेको हो ।