विश्वकप लिग–२: अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, टस जितेर अमेरिकाले रोज्यो फिल्डिङ

काठमाडौँ, ८ जेठ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको महत्त्वपूर्ण खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। जारी शृङ्खलाको यसअघिको खेलमा नेपालले अमेरिकालाई पराजित गरिसकेकाले आज पनि सोही लयलाई कायम राख्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिएको छ। अर्कोतर्फ, अमेरिका आजको खेल जितेर अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो पकड मजबुत बनाउन चाहन्छ।

हाल अङ्क तालिकामा अमेरिका ३८ अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल २२ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ।

आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *