काफको आधिकारिक विक्री नेपालमा सुरु, चारओटा स्टोरबाट एकै पटक सेवा दिने

काठमाडौं २३ कात्तिक। किचन क्राफ्ट क्रियसन्स प्रा.लिले बुधबारदेखि किचन अप्लायन्सेस ब्राण्ड ‘काफ’ काफको औपचारिक विक्री सुरुवात गरेको छ । संसारभर ख्याति कमाएको ‘काफ’का उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्सले एकैपटक चारओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरेको जानकारी दिएको छ । काठमाडौंमा त्रिपुरेश्वर, कमलादी र उपत्यका बाहिर पोखरा र बुटवलमा एकै साथ चार स्टोर सञ्चालनमा ल्याएक कम्पनीको भनाई छ ।

काफका कुकर हुड्स (फिल्टरलेस कुकर विथ ड्राइहिट अटो क्लिन टेक्नोलोजी), बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्टम लगायतका उत्पादन स्टोरमार्फत उपभोक्तालाई उपलब्ध गराउने पनि कम्पनीले जानकारी दिएको छ ।

‘नेपालमा औपचारिक बिक्री केन्द्रमार्फत पहिलो पटक बिक्री सुरु गरेका छौं,’ कार्यकारी निर्देशक अंकिता राठीले भन्नुभयो, ‘काफका उत्पादनले भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरेको छ । अन्य कम्पनीका उत्पादनभन्दा काफका उत्पादन सस्तो, हेर्दा पनि राम्रो अनि गुणस्तरीय र टिकाउ छन् ।’

नेपालका उपभोक्तालाई काफका उत्पादनमार्फत भरपर्दो सेवा दिन प्रतिबद्ध रहेको भन्दै उहाँले प्रयोगकताको सन्तुष्टिलाई उपलब्धीको रूपमा लिएर अघि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *