भेरी बबई डाइभर्सन अवलोकनमा ओलीको आग्रह : गुणस्तरमा सम्झौता नगर्नुस
काठमाडौं, १९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएकाे छ ।
मंगलबार महाकाली-मेची अभियानका यात्रामा निस्कनुभएका ओलीले भेरी बबई डाइभर्सन आयोजनाको अवलोकन, अनुगमन गर्नुभएकाे हाे ।
अवलोकनकाे क्रममाअध्यक्ष ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयाे ।